Logo
Logo

हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना, सावधानी अपनाउन मौसमविदको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं , ८ वैशाख ।

मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम बदली हुने पूर्वानुमान छ ।

पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् ।

मौसममा दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्न सक्ने बताइएको छ । यसवर्ष प्रिमनसुन निकै नै सक्रिय भएकाले पानी पर्ने क्रम धेरै भएको पनि मौसमविद्हरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्