काठमाडाैं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता सञ्जय अधिकारीले देवकोटाको पुरातात्विक महत्त्वको घर भत्काउन रोग लगाउन माग गर्दै दिएको निवेदनमा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले यो निवेदनमा सुनुवाइ गर्दै भग्नावशेष नहटाउन र थप निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको हो ।
यसअघि पहिलो सुनुवाइमा साउन २७ गते न्यायाधीश तेजबहादुर केसीले प्रज्ञा प्रतिष्ठानलाई देवकोटाको घर भत्काउनुको कारण मागेका थिए ।
उक्त आदेशमा सरकारी पक्षको दाबीसमेत सुनेर अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्ने भनिएको थियो ।
त्यसपछि आइतबार भएको सुनुवाइमा सर्वोच्च अदालतले मुद्दा नटुंगिएसम्म देवकोटाको घरमा निर्माणसँग सम्बन्धित कुनै पनि कार्य नगर्न आदेश दिइएको छ ।
महाकवि देवकाेटाकाे भत्काइएकाे घरकाे तस्वीर :