काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो मंसीरमा हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका गरेका छन् ।
सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेला थापाले महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘‘मेरो दावेदारीको आधार आग्रज नेता तथा कार्यकर्ता हुनुहुन्छ । मैले मेरो क्षेत्रबाट गरेका सबै कामहरु सफल भएका छन्, म आज मेरै क्षेत्रबाट महामन्त्रीको उम्मेदवारी बन्ने घोषणा गर्दैछु।’
त्यस्तैगरी उनले आफ्नो पार्टीमा प्रतिस्पर्धाको लागि सहयोगको याचनासमेत गरेका थिए । थापा कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।
१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । तर रामचन्द्र पौडेल समूहका डा शशांक कोइराला निर्वाचित भएका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका थापाले ५८४ मत पाएका थिए ।
कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।