काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको पार्टी नेकपा एमाले दक्षिणपन्थी अवसरवादको प्रतिक बनेको आरोप लगाएका छन् ।
स्वास्थ्योपचारपछि सोमबार भारतबाट स्वदेश फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेता खनालले ओली र उनको पार्टी एमाले दक्षिणपन्थी अवसरवादको प्रतिक बनेको आरोप लगाएका हुन् । वरिष्ठ नेता खनालले भने, ‘अहिले केपी ओलीको पार्टी भनेको दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतिक बनेको छ । त्यसैले यसका विरुद्ध हामीले विद्रोह गर्नुपरेको हो ।’
नेता खनालले एमाले फुटाएको नभइ दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरको बताउँदै विद्रोह फुट र विनाश नभएको धारणा राखे । आफूहरुले गरेको विद्रोह अग्रगतिका निम्ति नयाँ झिल्को भएको उनको भनाइ थियो ।