Logo
Logo

वागमती र प्रदेश १ काे सरकार ढल्ने प्रचण्डको दावी


2.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ र वागमती प्रदेशको सरकार छिट्टै ढल्ने दावी गरेका छन् ।

सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी र प्रतिक्रान्तिकारीहरू पछारिएपनि अझै चलमलाउने प्रयास गरिरहेको भन्दै प्रतिगामी तत्वले नेतृत्व गरिरहेको सरकार ढल्ने बताएका हुन् ।

प्रचण्डले भने,‘प्रतिक्रान्तिकारीहरू पछारिएका छन् । केही दिनपछि एक नम्बर र वागमती प्रदेशमा पनि उनीहरु ढल्नेछन्’ । उनले मधेशमा समेत प्रतिगमनकारीलाई सहयोग गर्नेको पत्तासाफ हुने दावी गरे ।

उनले माओवादीले संघीयता छोड्यो भनेर झुठा प्रचार गरेको भन्दै देशको जनताको मुक्तिका लागि निरन्तर संघर्ष गरिरहने पार्टी भएको बताए । ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अव मधेसमा अरु पार्टी हुने छैनन् । माओवादी केन्द्रले कब्जा गर्नेछ’, प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्