काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रतिगामी गठबन्धनलाई परास्त गर्ने दावी गरेका छन् ।
सोमबार पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले मुलुक केपी ओली र ओलीविरोधी सबै शक्तिको दुई ध्रुवमा ध्रुवीकरण भएको भन्दै एमालेविरुद्धको गठबन्धनलाई परास्त गर्ने बताएका हुन् ।
उनले भने,‘मुलुक केपी ओली र ओलीविरोधी सबै शक्तिको दुई ध्रुवमा ध्रुवीकरण भएको भन्दै एमालेविरुद्धको गठबन्धनलाई परास्त गर्नेछौं’ ।
छलफलमा नेता पोखरेलले माओवादी र माधव नेपालको पार्टीसँग कुनै किसिमको सहकार्य नहुने बताए ।
माधव नेपालले जीवनमा एकपटक मात्र आन्तरिक प्रतिस्पर्धा गरेको र अध्यक्ष हारेपछि अर्को महाधिवेशन पर्खिन नसकी अध्यक्ष पद मागेर चोइटिएको उनको दावी थियो ।