Logo
Logo

काठमाडौं–कोलम्बो आजदेखि सिधा उडान


1k
Shares

काठमाडौं । आजदेखि श्रीलङ्कन एयरलाइन्सले काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको हो ।

उनकाअनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको हो ।

कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।

भैरहवामा कम्तीमा एक उडान गर्नेछ। यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छै न। नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।

हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्