Logo
Logo

काठमाडौँको फोहोर भोलिबाट उठ्ने


567
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलिबाट उठ्ने भएके छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायत सहितको आज (मंगलबार) बसेको बैठकले भोलि बिहान ६ बजेबट फोहोर उठाउने निर्णय गरेको हो ।

बैठकपछि काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ ।’ शाक्यले स्थानीयहरूलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘आजको बैठकमा मोटामोटी ३ विषयमा निर्णय भएका छन्, पहिलो निर्णय नै काठमाडौं उपत्यकाको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठाउने भयो ।’

त्यस्तै, फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौति देखियो भने शान्ति सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने प्रमुख जिल्ल अधिकरी रिजालले बताए । त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्