जनकपुरधाम । प्रदेश–२ प्रदेशसभामा एमालेका १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् ।
नेकपा एमाले विभाजनपछि निर्वाचन आयोगले मंगलबार सनाखत गर्न समय अवधि तोकेको थियो । उक्त समय अवधिमा १३ जना सांसदहरु नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका हुन् ।
पार्टीको बैठकपछि प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि जाने एकीकृत समाजवादी रोजेका प्रदेश २ का सांसद् शत्रुधन महतोले बताए ।