धनगढी । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् ।
एमालेका २५ सांसदमध्ये १३ जना एकीकृत समाजवादी पार्टीमा खुलेका हुन् ।
पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी अनुसार आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको छ । २२ गतेभित्र अन्य केही सदस्यसमेत थप हुन उनके भनाइ छ ।
मन्त्री सोडारीका अनुसर एकीकृत समाजवादीमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का,भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट खुलेका छन् ।
त्यस्तै सांसदहरू बलबहादुर सोडारी, अम्मर साउँद, पूर्व एमाले प्रमुख सचेतक तारालामा तामाङ, कुलबिर चौधरी, सुशिला बूढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामी एकीकृत समाजवादीतर्फ लागेका छन् ।