काठमाडौं । संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ ।
प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई विगतमा नारायणहिटी दरबारमा रहेको भनिएको ‘लाल बाकस’ बारे जिज्ञासा राखेका थिए ।
सभापति रामनारायण बिडारीले भने, ‘लाल बाकस खोज्नु प¥यो, तत्कालीन राजाका सचिव चीरन शम्शेर थापाले हामीसँग मौखिक रुपमा भन्नुभएको छ, त्यो छ ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोड्ने क्रममा विभिन्न निकायले सामानको जिम्मा लिए, ‘लाल बाकस’ पनि पुरातत्व विभाग मातहत राष्ट्रिय अभिलेखालयमा राख्न प्रमुखलाई खबर गरे तापनि बाकस भने नआएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयको जैशी कोठा र गुन्सी खानाका हाकिम र तत्कालीन परराष्ट्र मन्त्रालयका सचिवसमेतले मुलुकका सन्धि, सम्झौता, कानुनलगायतका महत्वपूर्ण सक्कली सबै काजगात दरबारमा अनिवार्यरुपमा बुझाएका कागजात ‘लाल बाकस’ मा राखिने गरेको विडारीले जनकारी गराएका थिए । ।
सभापति रामनारायण बिडारीले भने, ‘किम्वदन्ती मात्रै हो, त्यो बाकस पहिल्यैदेखि नै छैन भने त्यही कुरा गर्न प¥यो, कि यहाँ छ भन्नुप¥यो, होइन भने हरायो भन्नु प¥यो । यो विषयमा सचिवको ध्यानाकर्षण गराएको हुँ ।’
समितिले हनुमानढोकास्थित बहुमूल्य बस्तु रहेको भनिएको बन्द घरमा के कति कस्ता सामग्री छन् खोलेर हेर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले हनुमानढोका दरबार क्षेत्रका भूकम्पछिको पुनःनिर्माणका क्रममा थुपारिएका पुराना तर महत्वपूर्ण काठलाई अस्रल्लरुपमा नछोडी यथाशीघ्र व्यवस्थापन गर्न पनि मन्त्रालय पदाधिकारीलाई निर्देशन दिएको छ ।
सभापति बिडारीले भने, ‘ १५ दिनभित्र काठ व्यवस्थापनको काम गर्नु प¥यो, त्यो काम फटाफट हुनु प¥यो ।’ समितिले केही समयअघि हनुमानढोका, नारायणहिटी, राष्ट्रिय पुस्तकालय, मृगस्थलीस्थित योगी नरहरिनाथ कुटीको स्थलगत अध्ययन अवलोकन गरेको थियो ।