काठमाडौं । सरकारले सहसचिव राजकुमार श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले बढुवा समितिबाट सिफारिस भएर आएका तीन सहसचिवमध्ये श्रेष्ठको बढुवा गरेको हो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव श्रेष्ठसहित रवीलाल पन्थ र रामेश्वर दंगालको नाम सिफारिस गरेको थियो ।
यस्तै, बैठकले नेपाल परराष्ट्र सेवाका दुई उपसचिव कृष्णचन्द्र अर्याल र धनबहादुर वलीलाई सह–सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।