काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अघि सारेको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने निर्णयलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयन गर्ने भएको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले ओली सरकारले बजेट मार्फत बढाएर ल्याएको सामाजिक सुरक्षा भत्तालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए ।
सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गरेका छन् ।
बजेटले वृद्धि गरेको भत्ता साउन महिनाबाटै लागू हुने छ ।