Logo
Logo

प्रधानन्यायाधीशविरुद्ध पूर्व एसएसपीद्वारा मुद्दा दायर


302.8k
Shares


काठमाडौं । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश र त्यसका आधारमा नियुक्तिसम्बन्धि मुद्दाको सुनुवाईबाट प्रधानन्यायाधीश अलग हुने निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा गणेश रेग्मीले बिुधबार रिट दर्ता गरेका छन् । डा. रेग्मी नेपाल प्रहरीका पूर्व एसएसपी हुन् ।


संविधानअनुसार संवैधानिक इलजाशमा प्रधानन्यायाधीशकै नेतृत्वमा हुनुपर्नेमा संविधानविपरितको निर्णय भएको भन्दै उनले रिट दायर गरेका हुन् । जसमा सर्वाेच्च अदालत, प्रधानन्यायाधीश, न्याय परिषद् र नेपाल कानून व्यवसायी परिषद्लाई विपक्षी बनाइएको छ ।


संवैधानिक परिषद्को बैठकमा सहभागी भएर आफैं नियुक्तिको सिफारिस गर्ने र त्यसविरुद्ध परेको रिटको आफैं फैसला गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको भन्दै कानुन व्यवसायी तथा पूर्व न्यायाधीशले आलोचना गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले त्यससम्बन्धि सुनुवाईमा नबस्ने निर्णय गरेका थिए । जसअनुसार सर्वाैच्चका वरिष्ठतम न्यायाधीशको नेतृत्वमा त्यससम्बन्धि मुद्दाको सुनुवाई गर्ने निर्णय उनले गरेका थिए । संविधानले संवैधानिक इजलाशको नेतृत्व प्रधानन्यायाधीश बाहेकको नेतृत्वको परिकल्पना गरेको छैन ।


निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएर ५२ वटा संवैधानिक निकायमा नियुक्तिको सिफारिस गराएका थिए । ती बैठकमा प्रधानन्यायाधीश राणा पनि सहभागी थिए । उनले पनि भागबन्डाका आधारमा नियुक्ति गरेको आरोप लाग्दै आएको छ । अध्यादेश र नियुक्तिविरुद्ध परेका रिट उपर आठ महिनापछि गत साता बल्ल सुनुवाई अघि बढेको छ ।


रिटमा सो मुद्दा भन्दा पहिले नै यो मुद्दामा सुनुवाई गर्न समेत माग गरिएको छ । ‘प्रधान न्यायाधिश आफै रहने भन्ने किटानीका साथ भएको व्यवस्थामा निजले म वस्दिन भन्न मिल्दैन। ‘प्रधान न्यायाधिश’ भनेर तोकिएपछी सो स्थानमा ‘निमित्त प्रधान न्यायाधिश’ रहने व्यवस्था हुन सक्तैन । सम्वैधानिक इजलासमा सम्माननीय प्रधान न्यायाधिश रहनुपर्ने विषय ऐच्छिक नभई वाध्यात्मक हो । संविधानको पालना गर्नुपर्ने व्यक्ति संविधानको भावना विरुद्द जानु वा संविधानिक प्रावधानको अवहेलना गर्नु ‘संविधानवाद’ हुन सक्तैन,’ रिटमा भानिएको छ,‘सम्माननीय प्रधानन्यायाधिशज्यू व्यक्ति नभई “संस्था” हो र संस्थागत दायित्व बाट निज पनि विमुख हुन मिल्दैन। स्मरणिय छ, न्यायालय “कमिटेड जुडिसियरी ( हुनु दुर्भाग्य हो। यो हुनु हुदैन। सम्माननीयज्यू लगायत केही माननीय न्यायमूर्तिन्यूको उपरोक्त भावना र कार्यले त्यसतर्फ मार्ग प्रशस्त भएको छ ।’

यस्तो छ रिटको पूर्णपाठः

श्री सर्वोच्च अदालतमा चढाइएको

निबेदन पत्र

निवेदन

अधिवक्ता डा. गणेश रेग्मी (लाइसेन्स नं. ४०६९) ……………………………………………..१

बिरुद्द

सम्मानित सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौ………………………………………………१

बिपक्षी

सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्मानित सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौ……….१

श्री न्याय परिषद्को कार्यालय, रामशाहपथ, काठमाडौ………………………………………….१

श्री कानुन व्यवसायी परिषद्, कुपण्डोल, काठमाडौ……………..………………………………..१

मुद्दा: अधिकार पृक्षा, परमादेश, उत्प्रेषण लगायत जो चाहिनेआज्ञा आदेश ।

म निवेदक सर्वोच्च अदालत नियमावली, २०७४ बमोजिम लाग्ने दस्तुर तिरेको निस्सा संलग्न राखी नेपालकोसंविधानको धारा ४६ तथा धारा १३३ अनुसार यो रिट निवेदन लिइ उपस्थित भएको छु । सम्मानित सर्वोच्च अदालतमा दायर गरिएका अमुक मुद्दा सुनुवाई गर्न तोकिएका अमुक वेञ्चमा अमुक न्यायमूर्ति राख्न नपाइने, राख्न नहुने र अमुक न्यायमुर्ति वस्ने पनि नहुने भन्ने विभिन्न दबाब जनितकार्य गरिने र त्यस्तो दबाबका सामु सम्बद्धन्यायमूर्तिनिरीह भई इजलास छोड्ने भएबाटयसले नेपालको संविधानको धारा १२६ अनुसारको न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग गरिने भन्ने संवैधानिक मर्ममा असर परी समग्र न्याय प्रणाली, न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा गम्भीर असर पर्ने भएकोले यो रिट निवेदन लिई सम्मानित सर्वोच्च अदालतकोशरणमा आएको छु,संविधानको धारा १३३ (२) र (३) अनुसार जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ।

१)निवेदक कानुनको विषयमा विद्यावारिधि गरेको रहालकानुनकलेजमा कानुनविषय प्राध्यापन गर्ने व्यक्ति हुँ। मकानुन व्यवसायमा पनि संलग्न छु। देशमा कानुनको शासन, कानुनी सर्वोच्चता, स्वतन्त्र सम्मानित सर्वोच्च अदालत भएमा मात्र कानुनी राज स्थापित हुने र यसैमा म समेतका कानुन व्यवसायी समेतको कल्याण हुने कुरा निर्विवाद छ। यसैक्रममा सोही प्रयोजनको लागि‘सार्वजनिक सरोकारको विवाद” को रुपमा यो रिट निवेदन लिई सम्मानित सर्वोच्च अदालतको शरणमा आएको छु ।

२) हालै केही निश्चित मुद्दाहरूमा सम्मानित सर्वोच्च अदालतको अमुक वेञ्चमा अमुक न्यायमूर्ति राख्न नपाइने, राख्न नहुने र सम्वन्धित न्यायमुर्ती वस्ने पनि नहुने भन्ने विषयमा लेखेर, वोलेर, प्रदर्शन गरेर दवाव दिने कार्य गरिएको र त्यस्ता दवाव सामु सम्वद्दन्यायमूर्ति निरिह भई इजलास छोड्ने गरेकोले यसवाट गलत प्रचलन सुरु हुने, अनुचित नजीर वस्ने र अन्तत: दवावका सामु न्याय डराउने भएकोले समग्र न्यायपालिका र न्यायमुर्तिको सम्मानको लागि केही गर्नुपर्ने अवस्था आएको छ।

३) सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा गत २०७७ माघ २१ गते प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त लगायत विभिन्न ३२ जना व्यक्तिहरूरयही २०७८ आषाढ १० गते डा. रामकृष्ण तिमल्सेनालाई राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा लगायत विभिन्न २० जना ब्यक्तिलाई सम्बैधानिक निकायका पदाधिकारीहरू नियुक्त गर्नु भयो। यी दुवै विषय उपर सिफारिस र नियुक्तिको प्रस्न उठाई ‘सम्बैधानिक इजलासमा’ मा दायर गरिएको मुद्दा विचाराधिन छ।

३) नेपालको संविधानको धारा१३७ मा संवैधानिक इजलासको गठन सम्वन्धी व्यवस्था छ। यस अन्तरगत उपधारा(१) मा सर्वोच्च अदालतमा एक संवैधानिकइजलास रहनेछ । त्यस्तो इजलासमा प्रधान न्यायाधीश र न्याय परिषदकोसिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने व्यवस्था छ। उपधारा (२) मा उपधारा (१) बमोजिमको इजलासले त्यस प्रकारका मुद्दाको शुरू कारबाही रकिनारा गर्ने छ। उपधारा (३) अनुसार धारा १३३ मा जुनसुकै कुरा लेखिएको भए तापनि सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्नसमावेश भएको देखिएमा त्यस्तो मुद्दा उपधारा (१) बमोजिमको इजलासबाटहेर्ने गरी प्रधान न्यायाधीशले तोक्न सक्नेछ । उपधारा (४) अनुसारसंवैधानिक इजलासको सञ्चालन सम्बन्धी अन्य व्यवस्था सर्वोच्चअदालतले निर्धारण गरे बमोजिम हुनेछ भन्ने व्यवस्था छ।

४) माथी उल्लेखित सम्वैधानिक पदाधिकारीको नियुक्ति सम्वन्धी दुई मुद्दाहरू सम्वैधानिक इजलासले हेर्ने कुरामा कुनै विवाद छैन। तर, सो सम्वैधानिक इजलासमा कुन कुन न्यायाधिशहरू रहने भन्ने विषयमा निकै चर्चा परिचर्चा भए। अन्तत: सम्मानित सर्वोच्च अदालत र प्रधान न्यायाधिशमाथि विभिन्न दवाव दिने कार्यहरू भए। अमुक न्यायमुर्तिलाई सो इजलासमा वस्नु हुन्न भन्ने विषयमा विभिन्न कुरा प्रकाशन गरिए, प्रशारण गरिए, लेखिए अनि वोलिए। यस्ता कार्य न्यायपालिका भित्रैवाट र न्यायपालिकाका जिम्मेवार व्यक्तिहरूवाट पनि उठे, उठाइए। अन्तत:सम्माननीय प्रधानन्यायाधिश समेत सो दवावमा परेर आफ्नो सम्वैधानिक दायित्ववाट पन्छिनु भएको अवस्था छ।

५) सम्माननीय प्रधानन्यायाधिशज्यू आफु सो इजलासमा संलग्न नहुने, त्यो दिन विदामा वसी निमित्तबाट पेशी तोक्ने र वहाँ पछिको वरिष्ठ न्यायाधिशवाट मुद्दा सुनुवाई गर्ने भन्ने कुरा विभिन्न पत्रपत्रिकावाट जानकारीमा आएको छ। यो कुरा संविधान र कानुन वमोजिम हुन सक्तैन। संविधानवाद र कानुनको शासनले पनि यो कुरा स्विकार गर्दैन। सम्वैधानिक इजलास सम्वन्धी यस्तो व्यवस्था संविधानमा कतै उल्लेख गरिएको छैन।

६) नेपालको संविधानको धारा १३७ उपधारा (१) अनुसार रहने संवैधानिकइजलासमा प्रधान न्यायाधीश र न्याय परिषदकोसिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने स्पष्ट व्यवस्था छ। प्रधान न्यायाधिश आफै रहने भन्ने किटानीका साथ भएको व्यवस्थामा निजले म वस्दिन भन्न मिल्दैन। ‘प्रधान न्यायाधिश’ भनेर तोकिएपछी सो स्थानमा ‘निमित्त प्रधान न्यायाधिश’ रहने व्यवस्था हुन सक्तैन। सम्वैधानिक इजलासमा सम्माननीय प्रधान न्यायाधिश रहनुपर्ने विषय ऐच्छिक नभई वाध्यात्मक हो। संविधानको पालना गर्नुपर्ने व्यक्ति संविधानको भावना विरुद्द जानु वा संविधानिक प्रावधानको अवहेलना गर्नु‘संविधानवाद’ हुन सक्तैन।सम्माननीय प्रधानन्यायाधिशज्यू व्यक्ति नभई “संस्था” हो र संस्थागत दायित्व बाट निज पनि विमुख हुन मिल्दैन। स्मरणिय छ, न्यायालय “कमिटेड जुडिसियरी (Committed Judiciary)” हुनु दुर्भाग्य हो। यो हुनु हुदैन। सम्माननीयज्यू लगायत केही माननीय न्यायमूर्तिन्यूको उपरोक्त भावना र कार्यले त्यसतर्फ मार्ग प्रशस्त भएको छ।

७) संविधानको संरक्षण र सुरक्षा गर्दै न्यायपालिकालाई दबाब र प्रभावबाट स्वतन्त्र राख्ने प्रथम जिम्मेवारी सम्माननीय प्रधानन्यायाधिशज्यूको हो। अदालतमा विचाराधिन रहेको मुद्दामा इजलास बाहिरबाट प्रभाव पार्ने काम माननीय न्यायाधीशज्यूहरू समेत हुन उचित होइन। साथै कुन मुद्दामा कुन न्यायाधिश रहनु पर्छ भन्ने माग गर्ने काम कानुन व्यवसायी वाट पनि हुनु हुँदैन। यो सम्मानित अदालतको मानहानीको विषय समेत हो। आश्थाको धरोहर सम्मानित अदालत आफ्नो मानहानीमा गम्भीर हुनै पर्छ।

८) अतःयस मुद्दामा देहायवमोजिमको माग गर्दछु ।

८.१) सम्वैधानिक इजलासमा प्रधान न्यायाधीशहरू रहने स्पष्ट व्यवस्था हुँदा हुँदै विभिन्न दबाब दिने कार्यहरूसँगसम्झौता गरीसम्माननीय प्रधानन्यायाधिशज्यूलेधारा १३७ उपधारा (१) अनुसार आफै वस्नुपर्ने सम्वैधानिक इजलासमा नबस्ने निर्णय कुन संवैधानिक वा कानुनी आधारमा गर्नु भएको हो र अन्य माननीय न्यायाधीशज्यूहरूले कुन कानुनका आधारमा प्रधान न्यायाधीशज्यूलाईसम्वैधानिकइजलासमानबस्ने सल्लाह दिनु भएको हो ‘अधिकार पृच्छ्या’ रिटजारी गरी पाउँ।

८.२) परमादेशको आदेशबाट सम्माननीय प्रधान न्यायाधीशज्यूलाई आफु स्वयं सम्वैधानिक इजलासमा वस्न लगाई नेपालको संविधानको धारा १३७ उपधारा (१) अनुसार संवैधानिकइजलासमा रहने अन्य न्यायाधिशज्यूको नियुक्ति गर्दा प्रधान न्यायाधीशज्यूलाई सम्वैधानिक इजलासमा नबस्न सिफारिस गरेका भन्ने सुनिएका न्यायाधीश बाहेक र यस मुद्दामा निर्णय पुर्व नै आफ्नो राय दिइसकेकाअन्य सबै न्यायाधिश समेत वाहेकका सम्वैधानिक इजलासको रोष्टरमा रहेका अन्य माननीय न्यायाधिशहरू रहेको संवैधानिक इजलास गठन गरी प्रस्तुत विषय निरोपण गरी पाँउ।

८.३) यदी यस अनुरुपको संवैधानिक इजलास गठन हुन नसक्ने परिष्थिती छ भने सो को कारण उल्लेख गरी सर्वोच्च अदालतमा रहेका सबै न्यायाधिशहरूको पूर्ण इजलास गठन गरी गम्भीर सम्बैधानिक प्रस्नको निरुपण गरी पाँउ। 

८.४) अदालतमा विचाराधिन मुद्दामा अमुक न्यायाधिशलाई हटाउनु र अमुक न्यायाधिशलाई तोक्नु भनि विषयवस्तुमा प्रभाव पार्ने गरी अभिव्यक्ति दिने काम कानुन व्यवसायीको आचार संहिता र स्वतन्त्र न्यायालयको मान्य सिद्दान्त विपरित छ छैन र यसलाई कसरी लिने भन्ने विषयमा विज्ञ सहितको टोलीवाट अनुसन्धान गरी गराई दोषी देखिएका कानुन व्यवसायीलाईउचित कारवाही गर्न गराउन कानुन व्यवसायी परिषद्, कुपुण्डोलको नाममा परमादेशको आदेश जारी गरी पाँउ।

९) यो रिटलाई अग्राधिकारमा राखिसम्वैधानिक पदाधिकारीको नियुक्ति सम्वन्धी विचाराधिन उल्लेखित दुई मुद्दा भन्दा पूर्व सुनुवाइ हुने आदेश जारी गरी पाँउ। साथै, सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अनुसार यो निवेदनको टुंगो नलागेसम्म उपर्युक्त दुई मुद्दाहरूको पेशी चढाउने कार्य नगर्नु भन्ने अन्तरिम आदेश समेत जारी गरी पाँउ। यो मुद्दामा अन्यत्र कतै उजुरी नगरेको व्यहोरा निवेदन गर्दछु।

१०) यो मुद्दामा म आफै समेतले बहस पैरवी गर्ने छु र वहस समेतलाई यसै रिट निवेदनको अभिन्न अंग मानी पाउ। मेरो विश्लेषण, आधार र मागलाई समर्थित गर्ने सम्मानित सर्वोच्च अदालतका बहालवाला माननीय न्यायाधिश तेज वहादुर के.सी.ज्यूको २०७८।०३।१५ मा कान्तिपुर दैनिकमा प्रकाशितमुद्दाबाट न्यायाधीश अलग्गिने अभ्यास भन्नेलेख यसैसाथ संलग्न गरेको छु, सो समेत प्रमाण लगाइ पाउँ।

                                                                                    रिट निबेदक

डा. गणेश रेग्मी

अधिवक्ता,प्रमाण पत्र नं. ४०६९

इतिसम्वत २०७८ साल भाद्र १६ गतेरोज ४ शुभम……………………………………………………………….

प्रतिक्रिया दिनुहोस्