काटमाठौं । नक्कली अन्तःशुल्क स्टिकर उत्पादन तथा वितरणमा संलग्न रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा हर्केष सिंह र संग्राम साउद रहेका छन् ।
आन्तरिक राजस्व विभागले धनगढी आन्तरिक राजस्व कार्यालयको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सिंह र साउदले अन्तःशुल्कको नक्कली स्टिकर भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्टमार्फत वितरण गर्ने गरेको पाइएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा पठाइएको विभागले जानकारी दिएको छ ।
सिंह र साउद आफैले सञ्चालन गरेको वेष्टर्न लिकर्स मसुरिया कैलालीमार्फत पनि नक्कली स्टिकरको प्रयोग गरी कारोबार गरेको भेटिएपछि विभागले उनीहरुलाई निगरानीमा राखेर पक्राउ गरेको हो ।