काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर बाढी पहिरोको क्षतिबारे जानकारी लिएका छन् ।
गृहमन्त्री खाणले कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर गृहमन्त्रीले पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका छन् भने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग बिहीबार भएको कार दुर्घटनाबारे जानकारी लिएका छन् ।
मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका–२० र २१ मा गएको पहिरोमा परेर ५ जनाका पाँच जनाको निधन भएको छ । एक जना बेपत्ता भएका छन् । दाङमा सिस्ने खोलाले ३-०१-०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका बस्ने बिमला केसी, राधा कुँवर, नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मन्त्री खाणलाई जानकारी गराएका छन् ।