Logo
Logo
काँग्रेस १४ औं महाधिवेशनः

पौडेल समूहबाट गगन थापा महामन्त्रीको उम्मेदवार !


21.2k
Shares

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको कार्यक्रममा देखिएका छन् । यो सँगै थापा पौडेल समूहमा प्रवेश गरेको बुझिएको छ ।

१३औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिएका थापा पराजित भएका थिए । पौडेल समूहले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापा पनि सहभागि थिए । यसअघि नै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

सभापतिको उम्मेदवार धेरै भएकाले पौडेल समूह साँझा उम्मेदवार घोषणा गर्ने तयारीमा छ । रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी हुन् । तर, पौडेल समूहले अहिलेसम्म पनि सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन ।

‘कसलाई के जिम्मेवारी दिँदा ठिक हुन्छ भनेर छलफल भइरहेको छ’ पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने, ‘पार्टी बचाउन एक भएर अगाडि बढ्छौं । सभापतिका लागि साझा उम्मेदवार तयार गर्छौ ।’

सभापतिका अन्य उम्मेदवारलाई दाँयाबाँया राखेर वरिष्ठ नेता पौडेलले मात्रै पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । सभापतिका अरु आंकाक्षीले भने सम्बोधन गरेनन् ।

प्रतिक्रिया दिनुहोस्