Logo
Logo

दार्चुला घटनाबारे कुटनीतिक छलफल गर्न गृहले पठायो परराष्ट्रलाई पत्र


756
Shares

काठमाडौं । दार्चुला घटनाबारे अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई आधार मान्दै भारतसँग कुटनीतिक छलफल गर्न भन्दै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।

महाकाली नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा खुस्काइदिएपछि बेपत्ता भएका जयसिंह धामीको परिवारलाई राहत दिने विषयमा कुटनीतिक पहल गर्न गृहले परराष्ट्रलाई पत्र पठाएको हो ।

मन्त्रालयले परराष्ट्रलतई पठाएको पत्रमा दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न भनिएको छ ।

भारतले भने नेपालले बनाएको प्रतिवेदनको विषयमा कुनै टिप्पणी नरहेको बिहीबार बताएको छ ।

प्रतिक्रिया दिनुहोस्