Logo
Logo

मकवानपुरका १० स्थानीय तहका २५ जनप्रतिनिधि एकीकृत समाजवादीमा


12.9k
Shares

काठमाडौं । मकवानपुरका १० स्थानीय तहका २५ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

हेटौँडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जनाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार बिहीबार मकवानपुरका १० वटा स्थानीय तहका २५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि गत भदौ १५ गतेदेखि २२ गतेसम्म नवगठित पार्टी नेकपा एसमा सनाखतका लागि समय सीमा दिइएको छ ।

उपमेयर लामासँगै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले नेकपा एसमा सनाखत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्