काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिटमाथि आज न्यायाधीश मीरा खड्काको एकल इजलासमा प्रारम्भिक सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ ।
सर्वोच्च अदालतमा एमालेले बुधबार निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्धा दर्ता गरेको थियो । निर्वाचन आयोगले बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन खोजेको भन्दै एमालेले रिट निवेदनमा अन्तरिम आदेश माग गरेको छ ।
यसतै, सभामुख सापकोटाले पार्टीले कारबाही गरेका एमाले सांसदहरुको सूचना टाँस नगरेको भन्दै उनीविरुद्ध रिट निवेदन दिएको हो । लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै एमालेले रिट निवेदन दर्ता गरेको छ ।