Logo
Logo

महेश बस्नेतलाई देउवाको चुनौती, ‘मलाई होइन, थापालाई जितेर देखाउनुस्’


32.3k
Shares

भक्तपुर । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति सोचेभन्दा बलियो रहने बताएका छन् । शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-५ को वडा अधिवेशन समारोहको उद्घाटन गर्दै सभापति देउवाले यस्तो दावी गरेका हुन् ।

सभापति देउवाले एमाले नेता महेश बस्नेतलाई भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन समेत चुनौती दिए । साता दिनअघि मात्र बस्नेतले भक्तपुरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई उठाएपनि आफुले सहजै विजय हासिल गर्ने बताएका थिए ।

शुक्रबार बस्नेतकै निर्वाचन क्षेत्रमा काँग्रेसको वडा अधिवेशन उद्घाटन समारोहमा देउवाले काँग्रेस सशक्त ढंगले अघि बढिसकेको बताए । उनले भने, ‘बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

पार्टीले महाधिवेशनको प्रक्रिया सुरुवात भइसकेको र लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्दै पार्टी थप सशक्त ढंगले अघि बढ्ने उनले विश्वास व्यक्त गर्दै महाधिवेशन सफल बनाउन एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ । भदौ २७ मा गाउँ÷नगर अधिवेशन रहेकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।

प्रतिक्रिया दिनुहोस्