काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । यसअघि नै बिहीबार एकीकृत समाजवादीले सिंहदरबारमा संसदीय दलको कार्यालय पाइसकेको थियो । शुक्रबार पार्टीको केन्द्रीय कार्यालयको टुंगो लगाएको हो ।
केन्द्रीय कार्यालय टुंगो लागेको एकीकृत समाजवादीमा नेता बेदुराम भुसालले जनाएका छन् । उनका अनुसार केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ । यही २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको हो ।