Logo
Logo

एमालेकाे रिटमाथि भएन सुनुवाइ


4.5k
Shares

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतामा निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ नहुने भएको छ । मुद्दाको पेशी न्यायाधीश मिरा खड्काको इजलासमा परेपनि ‘बेन्च बस्न नभ्याए’पछि सुनुवाइ नहुने भएको हो ।

सर्वोच्च अदालतका अनुसार दल दर्ताका क्रममा निर्वाचन आयोगले दस्तखत नभएका निवेदनलाई पछि सनाखत गराएको, प्रक्रिया नै पूरा नगरी गलत मनसायले हतारमा छुट्टै दल दर्ता गराएको भन्दै एमालेले रिट दायर गरेको थियो ।

यस्तै, लुम्बिनी प्रदेशका दुई जना सांसद बिमला वली र अजय शाहीलाई दलले निष्कासन गरेपनि यथावत राख्नेगरी भएको निर्णय बदर गरी गैरकानुनी कार्य गरेको भन्दै एमालले असर्वोच्चमा रिट दायर गरेको थियो थियो ।

यस्तै, भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो । तर, सभामुख सापकोटाले कारबाही प्रक्रिया अगाडि नबढाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्