कामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी निकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए)को भेलामा सहभागी नहुने भएका छ । पीपीएलएको भेलाका सन्दर्भमा विवाद भएपछि ओली सहभागी नभएका हुन् ।
ललितपुरको च्यासलमा शुक्रबार दुई बजे सुरु हुने गरी बोलाइएको भेलामा ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो । तर पीपीएलएका अध्यक्ष रुद्र नेपालले आज राखिएको भेला संस्थागत निर्णयबाट नभएको भन्दै भेलामा सहभागी नहुन आग्रह गरेका थिए ।