काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनका लागि चाँडै उम्मेदवारी घोषणा गर्ने बताएका छन् । शर्माले सामाजिक सञ्जालमार्फत वडा अधिवेशनका सबै उम्मेदवारलाई शुभकामना दिँदै आफूले पनि चाँडै उम्मेदवारी घोषणा गर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘उम्मेदवारी घोषणा कहिले ?, शुभचिन्तक भित्रहरु, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु, प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ, वडा अधिवेशन सुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना । चाँडै नै म मैदानमा हुनेछु ।’
तर, उनले कुन पदमा उम्मेदवारी दिने ? भन्ने अहिलेसम्म खुलाएका छैनन् । सभापति शेरबहादुर देउवाको टिममा रहेका शर्मा महामन्त्रीको दाबेदारका रुपमा हेरिएको छ ।