काठमाडौं । चेकिङका क्रममा चार किलो सुन भेटिएपछि नेपालगञ्ज विमानस्थलमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्री एयरलाइन्समार्फत काठमाडौंबाट नेपालगञ्ज पुगेका बुद्धीमान खाती र अमिर विश्वकर्मा पक्राउ परेका हुन् ।
जुत्ताभित्र राखेर उनीहरुले सुन लगेका थिए । सो सुनको बिल देखाउन सकेका छैनन् । बिल रहेको दाबी गरेका छन् । चलखेल गरेर बीचमै बिल भएको देखाएर उनीहरुले छाड्ने प्रयास गरिरहेको स्रोत बताउँछ ।
चार किलो सुन हुँदा पनि काठमाडौं विमानस्थलले पत्ता लगाउन नसक्नु आश्चर्यजनक छ । अर्काेतर्फ बिलकै सुन थियो भने किन जुत्ताभित्र लुकाइयो भन्ने प्रश्न छ । पक्राउ खाती मोरङ र विश्वकर्मा झापाका नागरिक हुन् ।