Logo
Logo

एमाले परित्याग गरेका वामदेवको सांसद पद नजाने


9.9k
Shares

काठमाडौं । नेकपा एमाले परित्याग गरेको राष्ट्रिय सभाका सदस्य वामदेव गौतमको पद नजाने भएको छ । गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसद भएकाले उनको पद नजाने भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनीत गर्ने तीन जना सांसदमध्ये गौतम प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया १ बाट पराजित भएका व्यक्ति हुन् ।

प्रतिनिधिसभाको त्यही कार्याकालभित्र घुमाउरो बाटोबाट संघीय संसद्मा‌ प्रवेश गरेको भन्दै गौतमको मनोनयनविरुद्ध दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

गौतमलाई मनोनयन गर्नेबेलामा तत्कालीन नेकपा नेतृत्वको सरकार थियो । अहिले उक्त पार्टीको अस्तित्व छैन ।

प्रतिक्रिया दिनुहोस्