Logo
Logo

ओलीमाथि दोष थोपर्दै गौतमको राजीनामा


1.2k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पार्टीका सबै तहबाट राजीनामा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै गौतमले लेखेको राजीनामा पत्रमा व्यक्तिगत सम्बन्ध राम्रो हुने अपेक्षासहित पार्टीका सबै तहबाट राजीनामा दिएको उल्लेख छ ।

उनी माधव नेपालले गठन गरेको नेकपा एसमा जाने भएका छन् । नेकपा एसले जनताको बहुदलीय जनवादलाई मूल कार्यनीति बनाउनुपर्ने अडान राख्दै आएका गौतमले सोही पार्टीमा प्रवेशको तयारी गरेका छन् ।

गौतमले नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले पालना नगरेको आरोप लगाएका छन् । ‘नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई तपाईं (अध्यक्ष ओली) ले पालना गर्नुभएन। एमाले र माओवादी केन्द्रको साझा घोषणालाई पनि प्रधानमन्त्री भएपछि लागु गर्नुभएन’, गौतमले राजीनामा पत्रमा लेखेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले ओलीले गरेका कामलाई पटकपटक असंवैधानिक भन्दा पनि उनी नसच्चिएको गौतमको आरोप छ ।

उनले ओलीमाथि जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीको विचार र मान्यताविपरीत संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेको आरोप पनि लगाएका छन । ‘जननेता मदन भण्डारीको कम्युनिस्ट पार्टीले जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताविपरीत अध्यक्ष ओली चल्नुभयो’, गौतमको राजीनामा पत्रमा लेखिएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्