Logo
Logo

मौसम पूर्वानुमानः आज यी स्थानमा भारी वर्षाको सम्भावना


693
Shares

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले छ ।

महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि नेपालमा मनसुन फेरि सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा अहिले नेपालको तराईभन्दा थोरै पर रहेको छ ।

त्यो रेखा नजिक आइ पुग्नासाथ मनसुनको सक्रियता बढ्ने छ । महाशाखाका मौसमविद्का अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्