काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए ।
पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उनी अस्वस्थ भएका हुन् ।
ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंको भनाई छ ।