काठमाडाैं । एएफसी महिला एसिया कप छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदान दशरथ रंगशालामा भदौ २४ र २७ गते बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हाे ।
बंगलादेशको टोली भोलि बिहान साढे १० बजे काठमाडौं आइपुग्नेछ। नेपाल र बंगलादेशबीचको खेल हेर्न एन्फाले साधरणतर्फ २ सय रुपैयाँ र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकेको छ।
मंगलबार मात्रै महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। जसमा सात नयाँ खेलाडीले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।