Logo
Logo

भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित


1.6k
Shares

काठमाडौं । नेपाल–भारत मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल २–१ गोल अन्तरले पराजित भएको हो ।

गत बिहीबार भएको खेलमा एक–एक गोलको बराबरीमा खेलेको नेपालले आइतबार भएको दोस्रो खेलमा भने दुईका विरुद्ध एक गोलका अन्तरले पराजय भोगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको भएपनि दोस्रो हाफको ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको केही समयमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरेसँगै भारतले दुई शून्यको अग्रता बनाएको थियो।

खेलको ८६ मिनेटमा नेपाली खेलाडी तेज तामाङले गोल गर्दै खेलमा गोलको दूरी घटाएपनि बराबरी बनाउनबाट नेपाल चुक्न पुग्यो ।
र, मैत्रीपूर्ण खेलको उपाधि भारतले हात पार्‍यो ।

प्रतिक्रिया दिनुहोस्