काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई बाघजस्तै भएको टिप्पणी गरेका छन् ।
एमाले निकटको राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै ओलीले एमाले बाघजस्तै भएको र एक्लै हिडेन बताएका हुन् ।
‘शुक्लाफँटा जनुभयो भने कृष्णसार भन्ने मृगको एउटा भेराइटी पाइन्छ । त्यो हजारौंको बथानमा हिड्छ । एक्लै भयो भने स्यालले पनि खाइहाल्छ,’ उनले भने, ‘चितवानको सफारीमा जनुभयो भने, कदमकदाचित बाघ देख्नुभयो भने, हुलै बाघ देख्नु हुन्न । एउटा देख्नु हुन्छ । उसलाई कसैले खाइहाल्ला कि भन्ने छैन । उ ढुक्क छ । एमाले त्यस्तै हो ।’
अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई जतिसक्दो छिटो विदा गर्नुपर्ने बताएका छन् । उनले अबको १५ महिनापछि देउवा नेतृत्वको सरकारलाई खोजेर कसले नभेट्ने र जनताको सरकार बन्ने दाबी गरे ।
उनले भने, ‘०७९ सालको मंसिरसम्ममा चुनाव लड्नैपर्छ । अब १४ महिना रह्यो, १५ औं मिहिनामा यो सरकार खोजेर पनि कसैले भेट्दैन । त्यसपछि जनताको सरकार बन्छ, देश भक्त सरकार बन्छ । प्रगतिशित सरकार बन्छ । गरिबि र अशिक्षका निम्ति लड्ने सरकार बन्छ ।’