Logo
Logo

ठूला सेयर कारोबारीले अर्थमन्त्रीलाई मुर्गा बनाए !


9.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमा एकल ग्राहकका लागि एउटा बैंकबाट ४ करोड र बढीमा तीन वटा बैंकबाट १२ करोड मात्र लिन पाउने ब्यवस्था गरेपछि आक्रोशित बनेका ठूला सेयर कारोबारीले अन्ततः अर्थमन्त्री जनार्दन शर्मालाई मुर्गा बनाए ।

दीपेन्द्र अग्रवाल लगायत ठूला सेयर कारोबारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आन्दोलन गर्ने धम्की दिएपछि अर्थमन्त्री शर्माले गभर्नरलाई फोन गरी ठूला सेयर लगानीकर्तालाई सहजज हुनेगरी ब्यवस्था गर्न निर्देशन दिए थिए ।

राष्ट्र बैंकको नयाँ ब्यवस्थाले साना सेयर लगानीकर्ता उत्साहित भए पनि केही ठूला लगानीकर्ताहरु बैंकको ऋण तिर्नुपर्ने चेपुवामा परेपछि अर्थमन्त्री शर्मालाई प्रयोग गरी गर्भनरलाई झुकाउने प्रयास भएको हो । ठूला लगानीकर्ताले गभर्नरलाई हटाउँने ग्राण्ड डिजाइन गरी अर्थमन्त्री शर्मालाई परिचालन गरेको आरोप लाग्ने गरेको छ ।

गभर्नर अधिकारीलाई हटाउने राजनीतिक उद्धेश्य अनुरुप ठूला कारोबारीले आइतबार सेयर बजारमा ठूलो बिक्री चाप खडा गरेर राष्ट्र बैंकलाई दबाब सिर्जना गराएका थिए । ठूला खेलाडीहरुको खेल बेलैमा बुझ्न नसक्दा आइतबार साना लगानीकर्ताले घाटा खाएर सेयर बिक्री गरेका थिए ।

सोमबार भने ठूला खेलाडीहरुले सस्तोमा सबै सेयर उठाएर अघिल्लो दिन घटेको मूल्य कायम गरेपछि साना लगानीकर्ता ठगिएको स्पष्ट भएको थियो । अघिल्लो दिन हदैसम्म सेयरको मूलय घट्नु र भोलिपल्ट सेयरमूल्य अचाक्ली बढ्नुले बजारमा खतरनाक खेल भएको बुझिने जानकारहरु बताउँछन् ।

अर्थमन्त्री शर्माले गभर्नरलाई निर्देशन दिएको खबर बाहिरिएपछि सोमबार बीच समयबाट सेयरको मूल्य अत्यधिक बढेको थियो । गभर्नर अधिकारीलाई अघिल्लो केपी ओली सरकारले नियुक्त गरेको र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा निकट भएको भन्दै काँग्रेस र माओबादीले उनलाई हटाउँन सेयर लगानीकर्ताको आवरणमा षड्यन्त्र गरेको बताइन्छ ।

पूँजी बजार सुधार गर्नुपर्ने जिम्मेवारी अर्थ मन्त्रालय र मातहतका धितोपत्र बोर्ड तथा नेप्सेको भए पनि अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई त्यसको जिम्मेवारी दिनुले पनि सेयर लगानीकर्ताको आन्दोलनकै वहानामा गभर्नर हटाउने खेल भएको स्पष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्