Logo
Logo
तुइन घटना र हेलिकोप्टर प्रकरण

सरकारले भारतलाई पठायो दुई कूटनीतिक नोट


504
Shares

काठमाडौं । सरकारले दार्चुलाका तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत छुट्टाछुट्टै कूटनीतिक नोट पाठाएको छ । दुवै घटनाको सर्वत्र आलोचना भएपछि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत कूटनीतिक नोट पठाएको हो ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले एसएसबीको उपस्थितिमा घटना भएको ठहर गरेको छ । छानबिन समितिले समेत ठहर गरिसक्दा पनि सरकार चुपचाप बसिरहेको थियो । चीनसँगको सीमा विवाद रहेको भन्दै समिति बनाएपछि सरकारको झनै आलोचना भएको थियो ।

यता भारतले रतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन आएको छ । नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्