Logo
Logo

कांग्रेस महाधिवेशनः दोस्रो बन्ने रणनीति


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएसँगै संस्थापन इतरका सभापतिका आकांक्षीहरू नेतृत्वका लागि हुने निर्वाचनमा दोस्रो बन्ने रणनीतिमा लागेका छन् ।

कांग्रेस विधानअनुसार सभापतिमा विजयी हुन खसेका मतको ५० प्रतिशत कटाउनै पर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत नकटाएमा पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच दोस्रो चरणको मतदान हुन्छ । विधानको यही व्यवस्थाबाट लाभ लिन संस्थापन इतर पक्षका सभापतिका आकांक्षी नेताहरू देउवालाई पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नदिने र आफू दोस्रो स्थानमा रहनेगरी रणनीति बनाउन लागि परेका हुन्  ।

नेतृत्वमा दोहोरिने तयारीमा रहेका देउवा भने पहिलो चरणमै ५० प्रतिशत मत कटाएर स्थान सुरक्षित गर्ने रणनीतिमा जुटेका छन् । पहिलो चरणमै सभापतिका लागि आवश्यक मत प्राप्त गर्न नसके दोस्रो चरणमा परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने उनी निकटका नेताहरूको बुझाइ छ । वडा तहबाट छनोट हुने प्रतिनिधिले महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएकाले सभापति देउवासहित संस्थापन पक्षले यति बेला वडा अधिवेशनमै ध्यान केन्द्रित गरेको छ  ।

उता संस्थापन इतर पक्षमा सभापतिका आकांक्षी रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेता देउवाको विकल्प खोज्नुपर्नेमा एक मत छन् । तर उनीहरू एकले अर्कालाई छाड्न तयार देखिएका छैनन् । उनीहरू सबैले देउवालाई हराउन आफूले मात्र सक्ने बताउँदै एकले अर्कालाई छाडिदिन आग्रह गरिरहेका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्