Logo
Logo

कुलमानलाई प्राधिकरणमा नियुक्ति गरिएकोमा ओलीको विरोध


15.9k
Shares


काठमाडौं । नेपाल बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोध गरेका छन् ।

मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा उनले त्यसको विरोध गरेका हुन् । ‘हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले हटाइएको’ आरोप उनले लगाए ।
कुलमान घिसिङले खरिद गरेका ट्रान्सफर्मर बिग्रिएको र हेटौंडा ट्रान्सफर्मरकै सहर बनेको उनले बताए । लोडसेडिङ अन्त्य गरेका घिसिङलाई प्राधिकरणमा नियुक्ति गरेकोमा सरकारको प्रशंसा भएको छ भने एमाले भने त्यसविरुद्ध लागेको छ ।

प्रतिक्रिया दिनुहोस्