काठमाडौं । सर्लाही जिल्लाको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल बैंकका कर्मचारी र दुई ठेकदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाल बैंक लिमिटेड मंलगवा शाखा, सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहलाई आयोगले प्रतिवादी बनाएको छ । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्ता र शिब नन्दन पासवानसगँको मिलोमतोमा ४२ लाखको नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको र सोही आधारमा ४२ लाख लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का शिबनन्दन पासवानले नगरपालिकाबाट भुक्तानी लिएको देखिएकोले शाहले उक्त रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन अनुसारको कसुरजन्य कार्य भएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाउको छ । लोकबीर बेताली÷पाँच कुमारी जे.भी.का पार्टनरहरु अनिल गुप्ता र शिब नन्दन पासवानविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।