काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले पपुवा न्युगिनीमाथि संघर्षपूर्ण जित निकालेको छ ।
मंगलबार ओमनको अल इमिरेत मैदानमा भएको खलमा नेपालले पुपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको हो । टस हारेर बलिङ गर्दै १३५ रन लक्ष्य पाएको नेपालले ३९ ओभर तीन बलमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि रोहित कुमार पौडेलले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । सोमपाल कामी ३२ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । चन्द सोपरले कुशल भुर्तेललाई १५ रनमा एलवीडब्लू आउट गर्दै पिएनजीलाई पहिलो सफलता दिलाए । कुशलले २८ बलमा २ चौका प्रहार गरे ।
ओपनर आसिफ शेख ४६ बलमा ४ चौका सहित ३० रनमा क्याच आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए । आरिफ शेख सोपरको बलमा ९ रनमा मात्रै जोडे । पपुवा न्युगिनीका लागि गोडी टोकाले सर्वाधिक तीन विकेट लिए । डेमियन राभू र चन्द सोपरले दुई दुई विकेट लिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो ।
पपुवा न्युगिनीका लागि पएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए । कप्तान भाला ४ रनमै आउट भएका थिए ।
नेपालको लागि सन्दीप लामिछानेले चर विकेट लिएका थिए । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।