कञ्चनपुर । कञ्चनपुरमा एमालेबाट निर्वाचित स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।
जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नेमा एक नगर प्रमुख, ११ वडाध्यक्ष र अन्य कार्यपालिका सदस्य तथा वडा सदस्यहरु रहेका छन् । सनाखत गर्नेमा पुनर्वास नगरपालिकाका नगर प्रमुखसमेत रहेका छन् ।
७ नगरपालिका र २ गाउँपालिकासहित ९ स्थानीय तह रहेको कञ्चनपुरमा एमालेबाट ५ प्रमुख र ७ उपप्रमुख विजयी भएका थिए । वडाध्यक्ष र सदस्यमा पनि एमालेकै बहुमत उम्मेदवारहरु विजयी भएका थिए ।