Logo
Logo

एकीकृत समाजवादीको संसदीय दलको बैठक भाेलि


1.3k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बुधबार बस्ने भएको छ ।

बुधबारदेखि सुरु हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको हो ।

नयाँ दलका रूपमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पहिलो पटक बैठकमा सहभागी हुन लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पटक पटक प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट बनेका केही नेता उक्त पार्टीबाट अलग भएर स्थापना गरेको एकीकृत समाजवादीले पहिलोपटक संसद्को बैठकमा सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्