Logo
Logo

एकीकृत समाजवादी पहिलोपटक संसद बैठकमा सहभागी हुँदै


630
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा आज दिउँसो २ बजे बस्दैछ ।

नयाँ पार्टीको रुपमा बैठकमा सहभागी हुन लागेको एकीकृत समाजवादीले प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकका लागि रणनीति बनाउन बैठक बोलाएको हो । नेकपा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी आज पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ ।

प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसदसहित एकीकृत समाजवादी संघीय संसदको चौथो ठूला दल हो ।

प्रतिक्रिया दिनुहोस्