Logo
Logo

राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस हुँदै


2.6k
Shares

काठमाडौं । संघीय संसदको दुवै सदनको अधिवेशन आज अपरान्ह ४ बजेबाट सुरु हुँदै छ । दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइएको छ ।

संसदमा नेकपा एमाले विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिएका छन् ।

संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन गरेको छ । सबै दलका नेताहरु अगाडि रहनेगरी र अन्य सदस्यहरु क्रमशः पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापन गरिको संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची तय भएको छ । शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने, यसअघिको अधिवेशनमा पेस भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्