हेटौंडा । बागमती प्रदेशको आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाका अनुसार मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्दैछिन् । मन्त्री बन्नेहरुको नाम भने खुलाइउको छैन । मुख्यमन्त्री शाक्यले आज मध्याह्न १२ बजे मन्त्रीहरु नियुक्त गरी शपथ गराउने तयारी भइरहेको निरौलाको भनाइ छ ।
मुख्यमन्त्री शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी हुन् । त्यसलगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् । २ जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् भने अर्का मन्त्री केशव राज पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारीसहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् ।