Logo
Logo

कथित विभाजन सर्पले काँचुली फेरेजस्तै हो : पौडेल


567
Shares

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमसीसी संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् । बुधबार बुटवलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताए ।
पौडेलले भने, ‘पहिले यो विषय संसदमा आओस्, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गछौँ ।’

लुम्बिनीमा एमाले विभाजित नभएको बताउँदै उनले भने, ‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौँ । कथित विभाजन सर्पले काँचुली फेरेजस्तै हो ।’ उनले कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले दावी गरे ।

पौडेलले भने, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु, हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुस् ।’ उनले सरकारले केही हप्तापछि अध्यादेशलाई निस्कृय बनाउने दावी गरे ।

आउँदो चुनावमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने पौडेलले दावी गर्दै भने, ‘प्रतिपक्षमा हुँदा पनि एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर सत्ता पक्षले महागठबन्धन गर्दैछ ।’ माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेजस्तै भएको पौडेलले टिप्पणी गरे ।

एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाउँदै भने, ‘एमाले विभाजन गर्न सभामुखले पदको दुरुपयोग गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्