Logo
Logo

झापा, अर्घाखाँची र रुकुमका सिडिओ उत्कृष्ट


1.3k
Shares

काठमाडौं । गत आर्थिक वर्षमा ७७ जिल्लामध्ये झापा, अर्घाखाँची र रुकुम (पूर्व)का जिल्ला प्रशासन कार्यालय कार्यसम्पादन सम्झौता मूल्याङकनमा उत्कृष्ट भएका छन् । ती जिल्लाका प्रमुख जिल्ःला अधिकारीले सम्झौताअनुसार धेरै नम्बर ल्याएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयसँग प्रमुख जिल्ला अधिकारीले गरेको कार्यसम्पादन सम्झौताअनुसार मुल्याङकनमा तीन जिल्लामा समान नम्बर ल्याएर प्रथम भएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारीमा श्रवण तिमल्सिना तथा अर्घाखाँचीमा विष्णु पौडेल छन् । गत आर्थिक वर्षमा रुकुम(पूर्व)को जिल्ला प्रशासन कार्यालयको नेतृत्व लामो समय राजकुमार राईले सम्हालेका थिए भने हाल लक्ष्मी प्रसाद बाँस्कोटा छन् ।


त्यस्तै, ललितपुर र रुकुम पश्चिम द्धितिय तथा गुल्मी जिल्ला तृतीय भएको गृह मन्त्रालयका सहसचिव कमलराज ढकालले बताए । जिल्ला प्रशासनको ६ वटा विषयमा केन्द्रीत भई कार्यसम्पादन मुल्याङकन भएको थियो । जसमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विदप् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय÷सदाचार र आर्थिक अनुशासनलाई आधार मानेर मूल्याङकन भएको थियो । उत्कृष्ट हुने जिल्लालाई प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा सम्मान गरिने गृह मन्त्रालयले जनाएको छ ।


यो वर्ष पनि गृह मन्त्रालयले सबै जिल्लाका सिडिओसँग कार्यसम्पादन मुल्याङकन गरिसकेको छ । यो वर्ष भने पहाड, हिमाल, तराई र उपत्यकाका जिल्लाको फरक–फरक मूल्याङकन आधार तय गरिएको छ । सिडिओको प्रभावकारीता बढाउन यस्तो मुल्याङकन हुने भएपनि उत्कृष्ट काम गर्ने भन्दा मध्यमहरुले ठूला जिल्लाको जिम्मेवारी पाउने अवस्था रहेको गृह मन्त्रालयकै अधिकारीहरु बताउँछन् । जसकारण कार्यसम्पादनको औचित्य पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्