Logo
Logo

अमेरिकाको जवाफ- एमसीसी नेपालको संविधानभन्दा माथि छैन (पूर्णपाठ)


4.2k
Shares

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारले पठाएको पत्रको जवाफ दिएको छ ।

गत भदौ १८ गते अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्र पठाएको थियो । एमसीसीले उक्त पत्रको जवाफ दिएको हो ।

एमसीसीले पठाउको जवाफमा सम्झौता नेपालको संविधानभन्दा माथि नभएको जनाएको छ । पत्रमा भनिएको छ– नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ ।

‘सबै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता हुन्,’ पत्रमा एमसीसीले भनेको छ, ुअन्य देशको अनुभवको आधारमा कम्प्याक्टको कार्यान्वयन कुनै ढिलाइबिना अघि बढ्न सकोस् भन्ने सुनिश्चितता गर्नका निम्ती कम्प्याक्टको सीमित पाँच वर्षे कार्यान्वयन अवधिको परिप्रेक्ष्यमा पनि विशेष रुपमा महत्वपूर्ण हुन्छ ।’

२०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । एमसीसी पास गर्नेरनगर्नेबारे नेपालका दलहरु विभाजित छन् । आम जनस्तरमा पनि एमसीसीबारे सकारात्मक धारणा छैन ।

प्रतिक्रिया दिनुहोस्