Logo
Logo

‘एमसीसी कुनै सैन्य गठबन्धनसँग सम्बन्ध छैन’


378
Shares

काठमाडाैं ।  अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सरकारले सोधेका सबै प्रश्नको जवाफ दिएको छ ।

जवाफमा एमसीसी हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता नभएको बताइएको छ । नेपालले सोधेको प्रश्नको जवाफ दिदै अमेरिकाले नेपालमा प्रचार भएजस्तो हिन्द प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनैपनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहेको दाबी गरिएको छ । 

‘नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्ट भन्दा माथि छ । सवै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्पयाक्ट अन्तराष्ट्यि कानुनका सिद्धान्तहरुद्धारा निर्देशित अन्तर्राष्ट्यि सम्झौता हुन्’, जवाफमा भनिएको छ ।

हस्ताक्षर भैसकेको नेपालको एमसीसी कम्प्याक्टलाई अहिले संशोधन गर्न नमिल्ने जवाफ समेत अमेरिकाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्