एजेन्सी । उत्तर कोरियाले आफ्नो ७३ औं स्थापना दिवसको अवसर पारेर मध्यरातमा सैन्य परेड गरेकाे छ । सर्वोच्च नेता किम जोङ उनको उपस्थितिमा सैन्य परेड गरिएकाे हाे ।
किम सुङ स्क्वाएरमा आयोजित सैन्य परेडमा किमले हात हल्लाउँदै अभिवादन गरेका थिए । यस वर्ष उत्तर कोरियाले कुनै क्षेप्यास्त्र सार्वजनिक गरेन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सार्वजनिक भएको भिडियो र तस्वीरमा किमको तौल घटेको देखिएको छ ।