काठमाडौं । ज्यान मार्ने उद्योग गरेको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेकिा नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिएको थियो । तर, इजलासले उक्त मुद्धा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
हाल नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । पूर्वमन्त्री समेत रहेका आलममाथि विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।